Below Menu
Below Menu

पन्ध्र दिनभित्र कोपोमिसमा आवद्ध हुन २६ सहकारीलाई विभागको निर्देशन, अन्यथा संस्था खारेज गरिने 

पन्ध्र दिनभित्र कोपोमिसमा आवद्ध हुन २६ सहकारीलाई विभागको निर्देशन, अन्यथा संस्था खारेज गरिने 

काठमाडौं : सहकारी विभागले २६ सहकारीलाई १५ दिन भित्र कोपोमिस प्रणालीमा आवद्ध हुने निर्देशन दिएको छ । विभागले बिहिबार एक सूचना जारी गर्दै विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने उक्त सहकारीलाई कोपोमिसमा आवद्ध हुन भनेको हो । 

सहकारी ऐन, २०७४ अनुसार सबै सहकारी संघसंस्थाहरुले विभागले तोकेको एकिकृत व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा अनिवार्य रुपमा आवद्द भई विवरण प्रविष्ट गर्नुपर्ने उल्लेख छ । सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा समेत महत्वका साथ उल्लेख भएको छ । 

यस विभागबाट पटक पटक निर्देशन हुँदा समेत विभागको नियमन क्षेत्राधिकारभित्र पर्ने तपसिलका संस्थाहरुले हालसम्म पनि उक्त प्रणालीमा आवद्द भई विवरण प्रविष्ट नगरेको विभगाले जनाएको छ ।

तोकिएको समयमा विवरण नगरेमा सहकारी ऐन, २०७४ को दफा ८८ बमोजिम संस्था खारेजीसम्मको कारवाही प्रक्रिया अगाडी बढाईने विभागले चेतावनी दिएको छ । 


 

 

Advertisment

थप समाचार