Below Menu
Below Menu

लाभांश पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न जेठ २८ गते, सोमबार, आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्राली भाटभटेनी, नक्साल काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ। 

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुबाट गरिएको सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले जेठ १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार जेठ १३ गतेसम्म  कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार