Below Menu
Below Menu

नेरुडे मिर्मिरे लघुवित्तको शेयर सूचीकृत, कति पायाे ओपनिङ्ग रेञ्ज

नेरुडे मिर्मिरे लघुवित्तको शेयर सूचीकृत,  कति  पायाे ओपनिङ्ग रेञ्ज

काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ। शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा संस्थाको एक करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको हो। 

कम्पनी मर्जरपछिको शेयर सूचीकृत भएको हो । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भइ बनेको संस्था हो। यी दुई संस्था १ बराबर १ को अनुपातमा मर्ज भएका हुन्।

सूचीकरण पश्चात पहिलो कारोबारको लागि नेप्सेले लघुवित्तको शेयरलाई ५८७ रुपैयाँ ८६ पैसाको ओपनिङ्ग रेञ्ज तोकेको छ। सूचीकृत शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । लघुवित्तको सिम्बोल (एनएमएलबिबिएल) रहेको छ । 

Advertisment

थप समाचार