काठमाडौं : न्यूरोड ताम्राकार कम्प्लेक्सको भुई तलामा रहेको जोय स्टोरले आइफोन एक्सचेञ्ज मेला आयोजना गरेको छ। जस अन्तर्गत ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको फोन आईफोनसँग साट्न सक्नेछन् । स्टोरले ग्राहकसँग भएको पुरानो फोनलाई उचित मूल्य दिने छ ।
मेलामा आईफोन १५ प्रो म्याक्स २५६ जिवी किन्ने ग्राहकले ११ हजार बराबरको विभिन्न सामान प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै दुई जनाले चन्द्रागिरी केबलकारको टिकट प्राप्त गर्न सक्ने जनाएको छ ।
अथवा एउटा लक्की ड्र कुपनमार्फत आईफोन १३/१२८ जिवि एकजनाले, आईफोन १२/१२८ जिवि एकजनाले र आईफोन ११/१२८ जिवि एकजनाले प्राप्त गर्न सकिने स्टोरले जनाएको छ ।
जोय ग्रुपद्वारा संचालित जोय स्टोर नेपालकै व्यापारीक केन्द्र पाकोस्थित न्यूरोडको ताम्राकार कम्प्लेक्सको शप नं. ९ अवस्थित छ। स्टोरले एप्पल ब्राण्डका जेन्युन ग्याजेट तथा एसेसरिजहरु उपलब्ध गराउँदै आएको छ ।

Advertisment