Below Menu
Below Menu

मर्जर प्रस्तावसहित पाचँथर पावर कम्पनीले डाक्यो साधारणसभा 

मर्जर प्रस्तावसहित पाचँथर पावर कम्पनीले डाक्यो साधारणसभा 

काठमाडौं : पाचँथर पावर कम्पनी लिमिटेडले आठौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले मर्जर प्रस्तावसहित जेठ २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो । 

उक्त सभा काठमाडौंको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे सुरू हुनेछ । उक्त सभामा कम्पनीको नियमावली नियम २७(२) को सञ्चालक समितिको संख्या संशोधन गर्ने,एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर प्रालिलाई प्राप्ति गर्नेरगाभ्ने र आयोजनामा पुनःनिर्माणका लागि कर्जा थप गर्ने लगायतका विशेष प्रस्ताव पारित हुनेछ ।

यसका साथै  सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने,  लेखापरीक्षकको प्रतिवेदन सहितको आय व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुने गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार जेठ १६ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

Advertisment

थप समाचार