Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, पाँच अर्ब २५ करोडको कारोबार 

उच्च अंकले बढ्यो शेयर बजार, पाँच अर्ब २५ करोडको कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ०.७९ अंकले घटेर २०१८.७६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा चार अर्ब १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज सिईडिबी हाइड्रोपावर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सबैको लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज माण्डु हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार