Below Menu
Below Menu

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो, आज साढे ४ बजे बस्दै

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्‍यो, आज साढे ४ बजे बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि  साढे ४ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा उठाउँदै आएको सहकारी संस्थाहरुको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नेबारे दलहरू सहमत भएपनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन । छानबिन समितिको कार्यादेशबारे अहिले पनि दलहरू छलफलमै छन् । 

Advertisment

थप समाचार