काठमाडौं : हाल संचालनमा रहेका लघु बीमकहरु आवद्ध “नेपाल लघु बीमक संघ” नामको गैर सरकारी संस्था दर्ता भएको छ । उक्त संस्था जिल्ला प्रशासन कार्यालय ललितपुरमा जेठ ३ बिहिबार बिधिवत दर्ता भएको हो ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्ष रहेको कार्य समितिमा स्टार माइक्रो इन्स्योरेन्सका सिईओ बिश्व राम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सिईओ नरेश कुमार रोका सचिव, र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सिईओ राम कुमार यादव कोषाध्यक्ष रहेका छन् ।
यसैगरि सदस्यहरुमा ट्रष्ट माइक्रोे इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाल र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ रहेका छन् ।
देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघ संस्थाहरुँंग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउँदै न्युन आय बर्ग तथा दुर दराजका नागरिकहरुमा बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले लघु बीमा कार्यक्रम सञ्चालन भएको हो ।
नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरुसँग सहकार्य र समन्वय गरी समावेसी बीमाको अवधारणालाइ मुर्त रुप दिनका लागि बीमा रक्षावरणको पहुँच बाहिर रहेका बर्ग समुदायलाइ बीमाको दायरामा समेटी उनीहरुको आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने, लघु बीमा सेवाको बिकास तथा बिस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने संस्थाको उद्देश्य रहेको छ ।
Advertisment