काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको साढे चार लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर र समता घरेलु लघुवित्तको ४ लाख ४४ हजार ७२० दशमलव ७१ कित्ता शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार युनाइटेड इदी मर्दी हाइड्रोका ५.५० प्रतिशत बापतको २ लाख ३१ हजार कित्ता र समत घरेलु लघुवित्तको ५.४२ प्रतिशत बापतको २ लाख १३ हजार ७२० दशमलव ७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
उक्त सुचीकृत शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment