काठमाडौं : सूर्योदय वोमी लघुवित्तले साढे एक लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउनेछन् । शेयरर खरिदका लागि संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेस गर्नुपर्नेछ ।
तोकिएको समयमा शेयर खरिदका लागि कुनै आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।
Advertisment