काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२.०० बिन्दुमा पुगेको हो । आइतबार नेप्से ४५.६९ अंकले बढेर २०६४.४५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १३७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज पोखरा फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सामुदायिक लघुवित्त, बुद्धभूमी नेपाल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज उपकार लघुवित्त वित्तीय संस्थाको कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment