काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २३.९४ अंकले बढेर २११५.९४ बिन्दुमा पुगेको हो । सोमबार नेप्से २७.५४ अंकले बढेर २०९२.०० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै नौं कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढे पनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज पोखरा फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त, सामुदायिक लघुव्त्ति व्त्तिीय संस्था र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज शाइन रेसुङगा डेभलपमेन्ट बैंकको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment