Below Menu
Below Menu

राष्ट्र बैंकको लचक नीतिले झण्डै १३ प्रतिशतले बढ्यो शेयर धितो कर्जा, नबिल दियो सर्वाधिक

राष्ट्र बैंकको लचक नीतिले झण्डै १३ प्रतिशतले बढ्यो शेयर धितो कर्जा, नबिल दियो सर्वाधिक

काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । मौद्रिक नीति मार्फत राष्ट्र बैंकले लचिलो नीति लिएसँगै बैंक तथा व्त्तिीय संस्थाहरुबाट प्रवाह हुने शेयर धितो कर्जा पनि बढ्न थालेको हो । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएको थियो । हाल ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार कायम गरिएको छ । यसअघि ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा १५० जोखिम भार कायम गरिएको थियो ।

त्यस्तै राष्ट्र बैंकले १२ करोडको शेयर धितो कर्जा क्याप सीमालाई परिमार्जन गरेर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको थियो । जसले गर्दा शेयर धितो कर्जा बढ्न पुगेको हो ।

नौ महिनामा ८६ अर्ब १८ करोड लगानी 

राष्ट्र बैंकका अनुसार चालु आवको चैत मसान्तसम्म शेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ८६ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । जुन गत असार मसान्तको तुलनामा १२.९ प्रतिशतले बढी हो । असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड रुपैयाँ प्रवाह भएको थियो । 

यस अवधिमा वाणिज्य बैंकहरुले ६७ अर्ब ५२ करोड ५ लाख, विकास बैंकहरुले १४ अर्ब ९४ करोड ८ लाखर फाइनानस कम्पनीहरुले ३ अर्ब ७१ करोड रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका छन् ।

तर गत आवको सोही अवधिको तुलनामा भने यस्तो कर्जा घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितो कर्जामा ९४ अर्ब ५९ करोड रुपैयाँ लगानी गरेका थिए ।

चैत मसान्तसम्म शेयर धितो कर्जामा १ करोडमाथिको कर्जा ५२ अर्ब ६१ करोड प्रवाह भएको छ भने ५० लाखदेखि १ करोडसम्मको १२ अर्ब प्रवाह भएको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्म १४ अर्ब १८ करोड र २५ लाखभन्दा मुनिको ७ अर्ब ३७ करोड प्रवाह भएको छ ।

कुन बैंकले कति गरे लगानी ? 

चैत मसान्तसम्म वाणिज्य बैंकरुले शेयर धितो कर्जामा ६७ अर्ब ५२ करोड ५ लाख रुपैयाँ लगानी गरेका छन् । जसमा सर्वाधिक लगानी नबिल बैंकको रहेको छ । नबिलले यस अवधिमा ११ अर्ब ६१ करोड ३६ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेको छ । 

त्यस्तै चैत मसान्तसम्म नेपाल बैंकले ५ अर्ब ४४ करोड ७० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब १६ करोड ४९ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ३ करोड ३२ लाख रुपैयाँ शेयर धितोमा लगानी गर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानी भने शुन्य रहेको छ । 

राष्ट्र बैंकका अनुसार यस अवधिमा हिमालयन बैंकले शेयर मार्जिन कर्जामा २ अर्ब १३ करोड १८ लाख, नेपाल एसबिआईले १२ करोड ५७ लाख, एभरेष्टले २ अर्ब ४ करोड ९१ लाख, एनआईसी एशियाले ४ अर्ब १७ करोड २२ लाख, माछापुच्छ्रे बैंकले ४९ करोड ७५ लाख रुपैयाँ लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै चालु आवको नौं महिनामा कुमारी बैंकले शेयर धितो कर्जामा ४ अर्ब १ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ भने सिद्धार्थ बैंकले ५ अर्ब ४९ करोड ९६ लाख, कृषि विकास बैंकले एक अर्ब २८ करोड ३९ लाख र ग्लोबल आईएमईले बंकले ६ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म सिटिजन बैंकले ४ अर्ब ४३ करोड ३४ लाख, प्राइम कमर्सियलले ४ अर्ब १४ करोड ४८ लाख, एनएमबीले ८९ करोड ९१ लाख, प्रभु बैंकले ३ अर्ब २१ करोड ५२ लाख, लक्ष्मी सनराइज बैंकले ३ अर्ब २४ करोड ३६ लाख   र सानिमा बैंकले एक अर्ब ६२ करोड ४३ लाख रुपैयाँ शेयर धितो कर्जा दिएका छन् । 

Advertisment

थप समाचार