Below Menu
Below Menu

शेयर बजारमा तीव्र उतारचढाव, परिसूचक र कारोबार दुवै बढ्यो 

शेयर बजारमा तीव्र उतारचढाव, परिसूचक र कारोबार दुवै बढ्यो 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २३.९४ अंकले बढेर २११५.९४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २४ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 
 

Advertisment

थप समाचार