काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौ बार्षिक सााधारण सभा सम्पन्न भएको छ । उक्त सभा बुधवार, अमृतभोग केटरर्स प्रालि कालिकास्थान, काठमाडाै सम्पन्न भएको हो ।
उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० (एनएफआरएस बमोजिम) को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचिहरु सहितको वित्तिय विवरणमा छलफल भई पारित भएको छ ।
यसका साथै सभाले सहायक कम्पनी सनलाइफ क्यापिटलको आर्थिक बर्ष २०७९/०८० को वित्तिय विवरणहरु सहितको एकीकृत वित्तिय विवरण, आर्थिक बर्ष २०७९÷८० को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको २३.८० प्रतिशत बराबरको बोनश शेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ (एक) जना सञ्चालक स्नेहा शर्माको निर्वाचन र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक बर्ष २०८०/८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्ताव पारित भएका छन् ।
त्यसैगरी सभाले कम्पनीको पूँजी कायम वेृद्धिका लागि हाल कायम चुक्त पूँजीको २७ प्रतिशत अर्थात (१ः०.२७) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
बोेनस शेयर वितरण र हकप्रद शेयर निश्कासन पश्चात अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिएको छ ।
कम्पनीका अध्यक्षबाट कम्पनीको सुचाङ्क सन्तोषजनक रहेको तथा स्लोभेन्सी कायम रहेको भ्यालु ओरेन्टेड व्यवसायिक अभ्यास गरेको, नीतिगत व्यवसाय अनुमान, जोखिममा आधारित व्यवसाय गर्न प्रतिवद्घ रहेको र कम्पनी अफ च्वाइस बन्ने दिशामा कार्यरत रहेको जानकारी गराउँदै आगामी दिनमा आर्थिक क्रियाकलाप संगै कम्पनीको व्यवसाय बढोत्तरी हुने विश्वास प्रकट गरे ।
Advertisment