Below Menu
Below Menu

आईपीओ जारी गर्ने प्रस्तावसहित भुगर्भ सिमेन्टले डाक्यो साधारणसभा 

आईपीओ जारी गर्ने प्रस्तावसहित भुगर्भ सिमेन्टले डाक्यो साधारणसभा 

काठमाडौं : भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित जेष्ठ २५ गते शुक्रबार साधारणसभा बोलाएको हो । 

उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय सेन्ट्रल प्लाजा नक्साल काठमाडौंमा बिहान ११ बजे हुनेछ । 

सभाले साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुला गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने र आईपीओ जारी गर्ने प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार