काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १५.५४ अंकले बढेर २१३१.४९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा चार अर्ब ४४ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा कालिञ्चोक दर्शन लिमिटेड रहेको छ । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
Advertisment