काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस पछिको शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै नेप्सेले अन्तिम कारोबारको आधारमा कम्पनीको मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार इन्स्योरेन्सको बोनसपछिको शेयरमूल्य ४४८ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५६० रुपैयाँमा भएको थियो ।
Advertisment