Below Menu

तीन निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि सार्वजनिक खरिदमा भाग लिन नपाउने

तीन निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि सार्वजनिक खरिदमा भाग लिन नपाउने

काठमाडौं  : सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यलयले एक सूचनजा जारी गर्दै ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । 

Sponsored Advertisement

कार्यलयका अनुसार कालोसूचीमा राखिएको अवधिभर कम्पनीहरुले कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउने  छैनन् । वाइपि–जय रक्तकाली कन्सट्रक्सन जेभी, जय रक्तकाली कन्स्ट्रक्सन र उदय कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सि प्रालिलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएके छ । 

सडक डिभिजन,पाल्पाको सिफारिसमा वाइपि–जय रक्तकाली कन्स्ट्रक्सन जेभी र जय रक्तकाली कन्स्ट्रक्सनलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

सडक डिभिजन,पाल्पाकै सिफिरिमा जय रक्तकाली कन्स्ट्रक्सन र उदय कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सीलाई १ वर्ष ३ महिनाका लागि महिनाका लागि कालोसीमा राखिएको छ ।

थप समाचार