काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब आठ लाख कित्ता बोनस शेयर थपिएको छ । सोमबार नेप्सेले कालिका पावर कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ७ लाख ९३ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment