Below Menu
Below Menu

बजेट घोषणा विपरीत राष्ट्रिय गौरवका आयोजनाबाट साढे ५ अर्ब रुपैयाँ रकमान्तर 

बजेट घोषणा विपरीत राष्ट्रिय गौरवका आयोजनाबाट साढे ५ अर्ब रुपैयाँ रकमान्तर 

काठमाडौं : राष्ट्रिय गौरवका आयोजनाबाट साढे ५ अर्ब रुपैयाँ रकमान्तर भएको पाइएको छ । बजेटमा भएको व्यवस्था विपरित उक्त रकम रकमान्तर भएको महालेखा परीक्षकको प्रतिवेदनमा देखिएको छ । 

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजना विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजना बाहेक अन्यन्त्र रकमान्तर गर्न नपाइने उल्लेख छ , 

तर,गत वर्ष आठ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट मध्ये ५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ राष्ट्रिय गौरव बाहेकका अन्य ५१ आयोजनामा रकमान्तर भएको छ । 

खर्च क्षमता र आवश्यकतामा आधारित भई आयोजना र कार्यक्रमको लागि बजेट विनियोजन गर्ने र सो बमोजिम खर्च गर्ने परिपाटीको विकास गर्न महालेखाले निर्देशन दिएको छ । 
 

Advertisment

थप समाचार