Below Menu
Below Menu

तीव्र उतारचढावबीच नेप्सेमा झिनो अंकको सुधार, तीन अर्ब ८९ करोडको कारोबार 

तीव्र उतारचढावबीच नेप्सेमा झिनो अंकको सुधार, तीन अर्ब ८९ करोडको कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३.९३ अंकले बढेर २११३.२७ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २२.१४ अंकले घटेर २१०९.३४ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १४९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा तीन अर्ब ८९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार