काठमाडौं : एक वर्षको अवधिमा बीमा कम्पनीहरुको व्यापार साढे ५ अर्ब रुपैयाँले बढेको छ । चालु आवको बैशाख मसान्तसम्म बीमा कम्पनीहरुले एक खर्ब ४० अर्ब ३१ करोड ४६ रुपैयाको व्यवसाय गरेका छन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार उक्त रकम गत आवको सोही अवधिको तुलानामा ४.१३ प्रतिशत अर्थात ५ अर्ब ५६ करोड ५० लाख रुपैयाँले बढी हो । गत वर्ष बीमा कम्पनीहरुले एक खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
यस अवधिमा जीवन बीमा कम्पनीहरुले एक करोड ३८ लाख ६६ हजार ६१५ बीमालेख बिक्री गरी एक खर्ब १० अर्ब १६ करोड १६ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले २२ लाख ६२ हजार ३२६ बीमालेख बिक्री गरी ३० अर्ब १५ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
गत आवको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीको व्यापार २.११ प्रतितशले घटेको छ भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ४.४३ प्रतिशतले बढेको छ ।
जीवन बीमा तर्फ
चालु आवको बैशाख मसान्तसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ भने नेशनल लाइफले १५ लाख ८९ हजार ८९६ बीमालेख बिक्री गरी १२ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले २९ अर्ब ४५ करोड ३९ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ८३ करोड १० लाख, मेट लाइफले ४ अर्ब १३ करोड ३२ लाख, एशियन लाइफले ५ अर्ब ७८ करोड ९५ लाख र आईएमइई लाइफ इन्स्योरेन्सले ३ अर्ब २९ करोड १ज्ञ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यसैगरी बैशाख मसान्तसम्म सन नेपाल लाइफले २ अर्ब ७८ करोड ९२ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड २६ लाख, सिटिजन लाइफले ४ अर्ब २४ करोड ४९ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ बराबरको बीमाशु्ल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
चालु आवको दश महिनामा सानिमा रिलायन्स लाइफले ४ अर्ब २७ करोड ६९ लाख, हिमालयन लाइफले १२ अर्ब ३३ करोड ५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्सले ३ अर्ब ६ करोड ३८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै लघुबीमातर्फ गार्डियन माइक्रो लाइफले २ करोड ४ लाख, क्रेष्ट माइक्रो लाइफले ४ करोड ८१ लाख र लिबर्टी माइक्रो लाइफले एक करोड २ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
निर्जीवन बीमातर्फ
यता निर्जीवन बीमातर्फ चालु आवको बैशाख मसान्तसम्म नेपाल इन्स्योरेन्सले एक लाख ५५ हजार ८६५ बीमालेख जारी गरी एक अर्ब १४ करोड ५४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ भने दि ओरियन्टलले एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी बैशाख मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ३० करोड ६४ लाख, नेशनल इन्स्योरेन्सले ८७ करोड ४१ लाख, नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड ३९ लाख, प्रभु इन्स्योरेन्सले एक अर्ब ३२ करोड ६८ लाख र शिख। इन्स्योरेन्सले सबैभनदा बढी ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
त्यसैगरी यस अवधिमा एनएलजी इन्स्योरेन्सले एक अर्ब ८३ करोड ३६ लाख, हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड ८९ लाख, सानिमा जिआईसीले एक अर्ब ७८ करोड २१ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियरले २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणका अनुसार चालु आवको दश महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ५३ करोड ३० लाख, आईजीआई प्रुडेन्सियलले २ अर्ब ६४ करोड २ लाख र युनाइटेड अजोज इन्स्योरेन्सले एक अर्ब ९७ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
लघुबीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्सले ६ करोड ६२ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ करोड ९८ लाख, स्टार माइक्रोले ३ करोड २८ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ६३ लाख ५४ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
Advertisment