Below Menu
Below Menu

असार दोस्रो साताभित्र १३१ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन्छः मन्त्रालय 

असार दोस्रो साताभित्र १३१ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन्छः मन्त्रालय 

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असार दोस्रो साताभित्र १३१ मेट्रिक टन रासायनिक मल नेपाल भित्रिने जनाएको छ । मन्त्रालयले बिहीबार रासायनिक मलको पछिल्लो विवरण सार्वजनिक गर्दै आगामी सिजनका आयात भइरहेको १३१ मेट्रिक टन मल बाटोमा रहेको जनाएको हो । 

मन्त्रालयको तथ्याङ्क अनुसार ५१ हजार मेट्रिक टन डीएपी विशाखापटमबाट नेपाल निर्यात भइरहेको छ भने केही परिमाणको मल नेपाल भित्रिसकेको छ ।

यस्तै, जीटुजीबाट २५ हजार मेट्रिक टन डीएपी मल स्रोत मुलुकबाट चलान हुने र असारको दोस्रो हप्ता नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयले २५ हजार मेट्रिक टन डीएपी स्रोत मुलुक चीनबाट र ३० हजार मेट्रिक टन युरिया मल कोलकाता आइसकेको र असारको पहिलो हप्ताबाट नेपाल भित्रिने जनाएको छ । 

हाल ९४ हजार ५१३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयको भनाई छ । जसमध्ये कृषि सामाग्री कम्पनीसँग ६१ हजार १३६ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कम्पनीसँग ३३ हजार ३७७ मेट्रिक टन रहेको मन्त्रालय तथ्याङ्कमा उल्लेख छ । 

मन्त्रालयका अनुसार मौज्दात रहेको मलमा युरिया ६१ हजार ६०५ मेट्रिक टन, डीएपी २२ हजार ४०६ र पोटास १० हजार ५०२ मेट्रिक टन रहेको छ ।
 

Advertisment