Below Menu
Below Menu

हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुन: नियुक्त

हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुन: नियुक्त

काठमाडौं : हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विनोद आचार्यले निरन्तरता पाएका छन् ।

गत मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेबाट लागू हुने गरि आगामी चार वर्षे कार्यकालको लागि सीईओ पदमा पुनः नियुक्ति गरेको हो ।

मर्जर हुनु अघि उनी सिभिल लघुवित्त वित्तीय संस्थाको सीईओ थिए। विगत दुई दशकभन्दा बढी समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन विषयमा एमपीए तथा एमबीए गरेका छन् ।

Advertisment

थप समाचार