Below Menu
Below Menu

आर्थिक शिथिलताका बाबजुद बीमा कम्पनीकाे व्यापारमा सुधार, एक वर्षमा करिब १५ अर्बले बढ्याे व्यवसाय 

आर्थिक शिथिलताका बाबजुद बीमा कम्पनीकाे व्यापारमा सुधार, एक वर्षमा करिब १५ अर्बले बढ्याे व्यवसाय 

काठमाडौं : आर्थिक मन्दीका बाबजुद पनि बीमा कम्पनीहरुको व्यापारमा सुधार देखिएको छ । अर्थतन्त्रमा देखिएको संकटले समग्र क्षेत्र प्रताडित बनेको बेला बीमा कम्पनीहरुले भने व्यवसायलाई भने बढाइरहेका छन् ।

एक वर्षको अवधिमा बीमा कम्पनीहरुको व्यापार करिब १५ अर्ब रुपैयाँले बढेको छ । गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले एक खर्ब ९७ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । 

नेपाल बीमा प्राधिकरणका अनुसार उक्त रकम अघिल्लो आव २०७९/८० सोही अवधिको तुलानामा ८.१७ प्रतिशत अर्थात १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष बीमा कम्पनीहरुले एक खर्ब ८२ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

आव २०८०/८१ मा जीवन बीमा कम्पनीहरुले डेढ खर्बको व्यापार गरेका छन् । यस अवधिमा कम्पनीहरुले एक खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड  ७३ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

अघिल्लो आवको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीको व्यापार ९.८० प्रतिशत अर्थात १३ अर्ब ९६ करोड १९ लाख रुपैयाँले बढेको छ भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २.७३ प्रतिशत अर्थात ९५ करोड ५२ लाख बढेको छ ।

जीवन बीमा तर्फ

गत आवमा राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ भने नेशनल लाइफले १९ अर्ब २० करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ४० अर्ब ८५ करोड ३४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १८ अर्ब ९ करोड ९७ लाख, मेट लाइफले ५ अर्ब ६७ करोड ८९ लाख, एशियन लाइफले ८ अर्ब ५ करोड १५ लाख र आईएमइई लाइफ इन्स्योरेन्सले ४ अर्ब ७४ करोड १३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यसैगरी असार मसान्तसम्म सन नेपाल लाइफले ३ अर्ब ८८ करोड ५४ लाख, रिलायबल नेपाल लाइफले ४ अर्ब २० करोड ८२ लाख, सिटिजन लाइफले ६ अर्ब २१ करोड ५३ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९ अर्ब ४९ करोड ७८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

गत आवमा सानिमा रिलायन्स लाइफले ६ अर्ब १८ करोड ८३ लाख, हिमालयन लाइफले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्सले ३ अर्ब ३७ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

निर्जीवन बीमातर्फ

यता निर्जीवन बीमातर्फ गत आवमा नेपाल इन्स्योरेन्सले एक अर्ब ५९ करोड ४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ भने दि ओरियन्टलले दुई अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । 

त्यसैगरी असार मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ५८ करोड ९९ लाख, नेशनल इन्स्योरेन्सले एक अर्ब १९ करोड ८७ लाख, नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड ११ लाख, प्रभु इन्स्योरेन्सले एक अर्ब ७७ करोड ७९ लाख र शिखर इन्स्योरेन्सले सबैभन्दा बढी ५ अर्ब ४७ करोड तीन लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । 

त्यसैगरी यस अवधिमा एनएलजी इन्स्योरेन्सले दुई अर्ब ५५ करोड २८ लाख, हिमालयन एभरेष्टले तीन अर्ब ७२ करोड २९ लाख, सानिमा जिआईसीले दुई अर्ब ६१ करोड ८५ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियरले ४ अर्ब १७ करोड ७२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणका अनुसार एक वर्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ७८ करोड ७२ लाख, आईजीआई प्रुडेन्सियलले ३ अर्ब ६५ करोड ६ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
 

Advertisment

थप समाचार