काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८९/८० को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो ।
संस्थाले एफपीओ वितरणपछि कायम हुने चुक्ता पूँजी ५१ करोड ५४ लाख ५५ हजार ४६३ को १४.००५१४३ प्रतिशतले हुन आउने १२ करोड ८२ लाख १० हजार ८५३ दशलमव ७२ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर प्राप्त गर्न शेयरधनीहरुले लाभांश कर वापत नियम अनुसार आफैले रकम तिर्नुपर्नेछ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले साउन ३२ गते साधारणसभा बोलएको छ । उक्त सभा ललितपुर स्थित लुभु पार्टी प्यालेसमा दिउँसो १२ः३० बजे सुरु हुनेछ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, २०७९ श्रावण १ गते देखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गनछ ।
त्यस्तै, थप सार्वजनिक शेयर निष्काशन भएको शेयरलाई चुक्ता पूँजीमा वृद्धि गर्ने एवं बोनस शेयरलाई अधिकृत पूंजी जारी पूँजी तथा चुक्ता पूँजीमा वृद्धि गरी संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने बोनश शेयर जारी गर्दा दशमलव पछिको शेयर अंकलाई पछि समायोजन गर्ने गरी यथावत कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।
सभाले भविष्यमा अन्य लघुवित्त संस्थासँग मर्जर तथा प्राप्ती गर्ने प्रयोजनार्थ अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर र प्राप्ती सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने, मर्जर प्राप्ती सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने स्वीकृति बमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वलाई प्रबन्ध पत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने लगायतका विविध प्रस्ताव अनुमोदन गर्नेछ ।
सभाले उपरोक्त बमोजिमका विशेष प्रस्तावहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृत लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २४ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । जस अनुसार साउन २३ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।
Advertisment