काठमाडौं : सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड आज बिहान सम्पन्न भएको हो । माग भन्दा धेरै आवेदन परेकोले गोला प्रथाबाट बाँडफाँड भएको एफपिओमा चर्चित लगानीकर्ता एवम् आईपीओ बाँजे लक्ष्मण बहादुर श्रेष्ठले एफपिओको बल तानेको थिए ।
कम्पनीको एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेका थियो । १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका थिए । जसमा ४ हजार ६७२ जनाले मात्र सेयर हात पारेका छन् । बाँकी १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली भएको छ ।
लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपिओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।
Advertisment