काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लिमिटेडका संस्थापक सेयरधनीले १ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज शुक्रबार एक सूचना जारी गर्दै इच्छुक जो कोहि व्यक्ति वा संथालाई आवेदन दिन आग्रह गरिएको छ।
बैंकका सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ८ हजार कित्ता सेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका हुन् ।
यसअघि नै संस्थापक सेयरधनीहरुका लागी ३५ दिनको सूचना प्रकाशित गरिसकेकाले अब संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहि योग्य आवेदकहरुले ७ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बानेश्वर, काठमाडौंमा रहेको कानुन विभागमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
Advertisment