Below Menu
Below Menu

वाणिज्य बैंकहरुको नाफा ६४ अर्बमाथि, सर्वाधिक कमाउनेमा नबिल बैंक 

वाणिज्य  बैंकहरुको नाफा ६४ अर्बमाथि, सर्वाधिक कमाउनेमा नबिल बैंक 

काठमाडौं : हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक छन् । उक्त विवरण अनुसार यस अवधिमा बैंकहरुले ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

गत असार मसान्तसम्म आइपुग्दा १० बैंकको नाफा बढेको छ । अन्य बैंकहरुको नाफामा भने घटेको छ । यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको भने सबैभन्दा कम नाफा कमाउनेमा माछापुच्छ्रे बैंक रहेको छ ।

बैंकले असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकको नाफा ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ रहेको थियो । 

त्यस्तै यस अवधिमा ग्लोबल आइएमई बैंकले ६ अर्ब एक करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । 

गत आर्थिक वर्षमा सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ । अघिल्लो आवको तुलनामा प्रभु बैंकको खुद १४९९.०४ प्रतिशत बढी हो । 

नाफा घटेका दश बैंक 

असार मसान्तसम्म आइपुग्दा १० वाणिज्य बैंकको खुद नाफा घटेको छ । जसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ६८.९१ प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल बैंकको खुद नाफा ५१.८० प्रतिशत घटेको छ भने सिटिजन्स बैंकको खुद नाफा २७.९७ प्रतिशतले घटेको छ । 

त्यसैगरी माछापुच्छ्र्रे बैंकको नाफा २३.०९ प्रतिशचतले घटेको छ । यस अवधिमा ग्लोबल आईएमई बैंकको नाफा १०.१३ प्रतिशत, एनएमबी बैैंकको २७.४९ प्रतिशत र सानिमा बैंकको नाफा ८.५९ प्रतिशतले घटेको छ । 


 

Advertisment

थप समाचार