काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर बिक्री आजदेखि खुला गरेको छ ।
१ः१.५ अनुपातमा १ करोड २० लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) हकप्रद सेयर बिक्री खसला गरेको हो । असार ३१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयरका लागि यसले साउन १ गते बुक क्लोज गरिसकेको छ ।
लगानीकर्ताले भदौ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरेको छ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
Advertisment