Below Menu
Below Menu

शिवम् सिमेन्ट्सको नाफामा भारी गिरावट, अन्य सचूक कस्ता छन् ?

शिवम् सिमेन्ट्सको नाफामा भारी गिरावट, अन्य सचूक कस्ता छन् ?

काठमाडौं : शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा ५७.९३ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । 

अघिल्लो आर्थिक वर्ष कम्पनीले ७ अर्ब ७५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियाे । कम्पनीले गत आर्थिक वर्ष ७ अर्ब ७० करोडको आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ०.५८ प्रतिशत घटेको हो। बिक्री लागत भने ६ अर्ब ४६ करोडबाट बढेर ६ अर्ब ६७ करोड पुगेको छ । अन्य आम्दानी पनि ३६ करोड ३७ लाखबाट घटेर १९ करोड ८५ लाख कायम भएको छ । 

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको इपिएस घटेर ४ रुपैयाँ ९८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ ।

Advertisment

थप समाचार