Below Menu
Below Menu

निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न सरकार प्रतिवद्ध छ: मन्त्री अधिकारी 

निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न सरकार प्रतिवद्ध छ: मन्त्री अधिकारी 

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । मुक्तिनाथ कृषि कम्पनीको छैठौ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले न्यून आय भएका किसान र सरकारबीच जोडि कृषकहरुको आयस्तर वृद्धि गर्नको लागि निजी क्षेत्र र सहकारीको भूमिका महत्वपूर्ण हुने बताए । 

त्यस्तै उनले रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनिकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने र चक्लाबन्दि र सामुहिक खेतिलाई प्रवर्द्धन गर्ने मुख्य प्राथमिकतामा राखेको बताए । 
सो कार्यक्रममा कृषिमा “लगानी दशक सफल बनाउने जिम्मेवारी, सार्वजनिक नीजि सहकारीको साझेदारी” सम्बन्धी कार्यपत्र प्रस्तुती गरिएको थियो । 

सरकारले घोषणा गरेको “कृषिमा लगानी दशक” अनुरुप सरकारी, गैरसरकारी, नीजि र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा मन्त्री  अधिकारीको प्रमुख आतिथ्यता र राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढि सरोकारवालाहरुको उपस्थितिमा कार्यत्रपत्र प्रस्तुती सहित उल्लेखित क्षेत्रका वक्ताहरुले कार्यपत्रमाथि धारणा राखेका थिए । 

त्यस्तै, कार्यपत्र माथि आफ्ना दृष्टिकोण राख्ने क्रममा वक्ताहरुले संघ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरु औद्योगिक आयोजनाको विकासमा, स्थानिय सरकारहरु उत्पादन र वितरणमा, नीजि क्षेत्र प्रविधि प्रसार, उद्योगहरुको संचालन तथा व्यवस्थापन र बजारीकरणमा, सहकारी क्षेत्र कृषक र उपभोक्ताहरुलाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाको रुपमा र विकास साझेदारहरु क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्ने विषयमा जोड दिएका थिए ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका सदस्य डा. जय वहादुर टण्डनले नीजि क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यकताको विषय उचित रहेको बताउँदै यसलाई छलफलमा ल्याउनु पर्नेमा जोड दिए । 

मुक्तिनाथ कृषि कम्पनी संस्थागत मूल्य श्रृंखला व्यवस्थापन मार्फत कृषि चक्रको निर्माण” गर्दै नेपालको अर्थतन्त्रलाई सवल बनाउने अभिप्रायले मुक्तिनाथ बिकास बैंकको प्रमुख लगानी सहित विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भएको धितोपत्र बजारमा सुचिकृत कृषि क्षेत्रको अग्रणी कम्पनी हो । 
 

Advertisment

थप समाचार