Below Menu
Below Menu

चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि, १५ सय खसीबोका खरिद गरिने 

चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि, १५ सय खसीबोका खरिद गरिने 

काठमाडौं : सरकारले यस वर्षको चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालनमा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले दशैँ, तिहार, छठ पर्व लगायतका चाडपर्व लक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिएकी हुन् । 

सरकारले चाडपर्वमा हुन सक्ने अस्वभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्न र सन्दर्भ मूल्य निर्धारण गर्न हरेक वर्ष दशैँ अगाडीदेखि छठसम्म सहुलियत सञ्चालन गर्दै आएको छ । 

हरेक वर्षको चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानमार्फत सहुलियत पसल सञ्चालन हुँदै आएको छ । 

यस वर्ष पनि देशभर ४२ जिल्लाका विभिन्न ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार काठमाडौँ उपत्यकाका ४ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछन् । 

यसका साथै उनले सहुलियत पसलमा कुन सामानमा कति छुट दिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताईन् । ‘मन्त्रालयबाट निर्णय हुने भएकाले कुन आइटममा कति छुट दिने भन्ने निर्णय हुन बाँकी छ’, उनले भनिन् । 

कम्पनीले काठमाडौं उपत्यकामा दशैंलाई लक्षित गरेर यस वर्ष १५ गोटा खसीबोका र च्याङग्रा ल्याउने तयारी गरेको छ । यस वर्षको दशैँका लागि हेटौँडा र तुलसीपुरबाट । १५ सय खसिबोका मुस्ताङबाट तीन सय च्याङग्रा ल्याउने तयारी रहेको कम्पनीकी सूचना अधिकारी न्यौपोले जानकारी दिइन् । उनका अनुसार खसीबोका र च्याङग्राखरिदका लागि ४ करोड बजेट छुट्याईएको छ । 

गत वर्ष बिक्री नभएर धेरै च्याङ्ग्रा मरेपछि यस वर्ष भने खाद्यले खसीबोका र च्याङ्ग्राको परिमाण घटाएको छ । ‘लामो समयसम्म बिक्री नभईपछि पोहोरो धेरै च्याङग्राहरु मरे उनीहरुका लगि खानपान र अन्य कुरामा पनि उपर्युक्त वातावरण भएन । त्यसले गर्दा यस वर्ष कम खरिद गर्ने भएका छौं । उनले भनिन्, च्याङग्राको मूल्य पनि धेरै हुने र वजन पनि बढी हुने भएकाले सानो परिवारका लागि महंगो पर्ने भयो ।’

उनका अनुसार कोरोनाको समयमा धेरै बिक्री भएको थियो । ‘अहिले चाडपर्वमा उपत्यका बस्ने मानिस कम हुन्छन् । यस वर्ष भने सकभर दशैँमा नै बिक्री होस् भन्ने उद्देश्यले परिमाण घटाएको हो’, उनले थपिन् ।

खसी, बोका र च्याङ्ग्राको बिक्री मूल्य भने तय भइसकेको उनले बताइन् । कम्पनीले खसी, बोका र च्याङ्ग्रा खरिद गरेपछि मात्रै मूल्य निर्धारण गर्ने तयारी गरेको उनको भनाई छ । 

दुर्गमका जिल्लाहरुमा हरेक वर्ष खाद्यान्न ढुवानीमा समस्या हुँदै आएको छ । तर, यस वर्षको दशैका लागि सबै जिल्लाहरुमा खाद्यानको ढुवानी भईसकेको छ उनले बताईन् । साथै उनले आवश्यकता अनुसार खाद्यान पुर्याउने मेकानिजम पनि बनिसकेकोले समस्या नरहेको बताइन् । 
 

Advertisment

थप समाचार