Below Menu
Below Menu

डिप्रोक्स लघुवित्तको २५ हजार संस्थापक शेयर बिक्रीमा 

डिप्रोक्स लघुवित्तको २५ हजार संस्थापक शेयर बिक्रीमा 

काठमाडौं :  डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार शेयर बिक्रीमा  ल्याएको छ ।  संस्थाले  विद्यमान संस्थापक  शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी मात्र शेयर बिक्रीमा ल्याएको छ ।

शेयर खरिद गर्न चाहाने इच्छुक खदिकर्ताहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन  गरी के कति शेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाई वित्तिय संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा आवेदन पेश गर्न सक्ने छ ।

साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन पेश नभएको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेउर बिक्री गर्ने जनाएको छ ।  
 

Advertisment