Below Menu
Below Menu

उच्च अङ्कले घट्यो सेयर बजार, ७ अर्बको कारोबार

उच्च अङ्कले घट्यो सेयर बजार, ७ अर्बको कारोबार

काठमाडौं : आज पनि शेयर बजार उच्च अङ्कले घटेको छ । आज ५७.३ अङ्कले घटेर दुई हजार पाँच सय ८०.७६ विन्दुमा आईपुगेको छ । हिजो ५० अङ्कले शेयर बजार घटेको थियो ।  

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, लगानी समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।  

आज गुडविल फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।  आज कारोबार रकम पनि घटेको छ ।

हिजो १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १२ वटा कम्पनीका एक करोड ७० लाख कित्ता शेयर सात अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Advertisment

थप समाचार