१७ लाख ५० हजार कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत

१७ लाख ५० हजार कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। १ बराबर १.५ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयर विक्रि नभएपछि १७ लाख ५० हजार २४८ कित्ता लिलाम बिक्री गर्न लागेको हो।

Sponsored Advertisement

कम्पनीका अनुसार असोज ११ गतेदेखि २० गतेसम्म इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका बिर्तामोड, विरगञ्ज, हेटौँडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगञ्ज, बराहताल ९सुर्खेत० र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाएको छ ।

थप समाचार