Below Menu
Below Menu

सिईडिबि हाइड्रोपावर र ओरियण्टल होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिईडिबि हाइड्रोपावर र ओरियण्टल होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

यी कम्पनीले भोली अर्थात् असोज ७ गते बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

सिईडिबि हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्दैछ । कम्पनीले बोनस शेयर वितरणपश्चात ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरिसकेको छ । यो प्रस्ताव पारित गर्न कम्पनीले असोज २१ गते वार्षिक साधारण सभा गर्दैछ ।

त्यस्तै ओरियन्टल होटले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न भने असोज २० गते २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। 

Advertisment

थप समाचार