Below Menu
Below Menu

कृषि क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलन गर्न कृषि मन्त्रीको निर्देशन

कृषि क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलन गर्न कृषि मन्त्रीको निर्देशन

काठमाडौं :  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाढीपहिरोले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतिको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन्।

आइतबार मन्त्रालयमा बसेको आकास्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के कति क्षती पुर्याएको छ यसको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन्। 

‘मन्त्री अधिकारीले बाढीले थुप्रै कृषि उपजहरुमा क्षति पुर्याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ’, उनले भने । बैठकमा क्षतिको एकिन तथ्यांक छिटो संकलन गरि आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

Advertisment

थप समाचार