Below Menu
Below Menu

पुँजीगत लाभकर ८६५ प्रतिशतले बढ्यो, तीन महिनामा सरकारले उठायो साढे सात अर्ब 

पुँजीगत लाभकर ८६५ प्रतिशतले बढ्यो, तीन महिनामा सरकारले उठायो साढे सात अर्ब 

काठमाडौं : पछिल्लो समय पुँजी बजार सकारात्मक लयमा फर्किएसँगै सरकारको राजस्व पनि बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म सरकारले शेयर बजारबाट साढे सात अर्ब रुपैयाँ पुँजीगत लाभकर वापत राजस्व उठाएको छ ।

यस अवधिमा लगानीकर्ताले सरकारलाई सात अर्ब ४० करोड १२ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका हुन् । उक्त रकम गत वषको सोही अवधकिो तुलनामा साढे ६ अर्ब अर्थात ८६५ प्रतिशतले बढी हो । गत वर्षको असोजसम्म शेयर बजारबाट ७६ करोड ७२ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा पनि रेकर्ड कायम हुन थालेपछि पुँजीगत लाभकर पनि बढ्न पुगेको हो । जबकी गत वर्षभरी सरकारले साढे पाँच अर्ब बराबरको पुँजीगत लाभकर उठाएको थियो । तर, चालु आवको पहिलो त्रैमासमै सरकारले झण्डै साढे सात अर्ब रुपैयाँ उठाइसकेको छ ।

असोजमा घट्यो पुँजीगत लाभकर 

चालु आवको साउन र भदौं महिनाको तुलनामा भने असोजमा शेयर बजारबाट सरकारले पाउने पुँजीगत लाभकर घटेको छ । सिडिएस एण्ड क्लियरिङ हाउसका अनुसार असोजमा सरकारले शेयर बजारबाट ५८ करोड ६५ लाख रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व संकलन गरेको छ ।

उक्त रकम गत भदौको तुलनामा ७७.२६ प्रतिशतले कम हो । भदौंमा शेयर बजारबाट सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो । चालु आवको पहिलो महिना साउनमा भने सरकारले शेयर बजारबाट ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो । 

सिडिएसका अनुसार असोजमा व्यक्तिगततर्फ अल्पकालीन लगानीकर्ताले २८ करोड ८५ लाख रुपैयाँ, दीर्घकालिन लगानीकर्ताले २३ करोड ६५ लाख रुपैयाँ र पुँजीगत लाभकर तिरेका छन् । 

शेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था अनुसार सरकारले शेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत पुँजीगत लाभकर उठाउँदै आएको छ ।

त्यस्तै असोजमा संस्थागत लगानीकर्ताले ६ करोड ९ लाख ७२ हजार रुपैयाँ र स्टक डिलरले ४ लाख ३४ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् 
 

Advertisment

थप समाचार