काठमाडौं : नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १६ करोड ६० लाख ८६ हजार ८४० दशमलव २५ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले हुने आउने ८७ लाख ४१ हजार ४१२ दशमलव ६४ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।
Advertisment