काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार कम्पनीले यस अवधिमा ४ करोड १६ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । गत आर्थिक वर्षको सोही अवधिसम्म अघुवित्तको खुद नाफा ११ करोड ९ लाख रुपैयाँ ऋणात्मक थियो ।
ब्याज आम्दानी बढ्दा र इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.१९ प्रतिशतले बढेको छ भने खुद कमिशन आम्दानी १८.०८ प्रतिशतले घटेको छ । गत वर्षको असोज मसान्तसम्मा १० करोड ५१ लाख ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफामा चालु आर्थिक वर्षको सोही अवधिसम्म ५ करोड ९३ लाख रुपैयाँ धनात्मक भएको छ ।
समिक्षा अवधिमा संस्थाको चुक्ता पुँजी एक अर्ब ५ करोड ५५ लाख रुपैयाँ रहेको छ भने लघुवित्तको जगेडा कोषमा २ अर्ब १० लाख रुपैयाँ सञ्चित रहेको छ ।
लघुवित्तको प्रति सेयर आम्दानी १५.७७ रुपैयाँ रहेको छ। य अवधिमा संस्थाको प्रतिशेयर नेटवर्थ २८९ .५८ रुपैयाँ रहेकाे छ भने आम्दानी अनुपात ९५. ११ गुणा रहेको छ ।