Below Menu
Below Menu

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, ३५ हजार ९० आवेदकले पाए शेयर 

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, ३५ हजार ९० आवेदकले पाए शेयर 

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। शुक्रबार लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४।२५ कित्ता शेयर निष्काशन गरेको थियो।

संस्थाको शेयरमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकमार्फत १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ३९९ आवेदन रद्द भएका छन् भने १३ लाख ४७ हजार ५१३ आवेदन स्वीकृत भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको शेयर बाँडफाँट गरिएको थियो। जसअनुसार ३५ हजार ९० आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट बाँकी रहेको ४.२५ कित्ता शेयर १ कित्ताका दरले ४ जनालाई र ०.२५ कित्ता एक जनालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

Advertisment

थप समाचार