Below Menu
Below Menu

धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोषनारायण श्रेष्ठ

धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोषनारायण श्रेष्ठ

काठमाडौं : सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना  प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । हमालको कार्यकाल सकिएपछि ११ महिनादेखि नेतृत्वविहिन रहेको बोर्डले नयाँ अध्यक्ष पाएको हो। 

बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेकाे थियाे । समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाफा सिफारिस गरेको थियाे। सिफारिस भएका तीनजना मध्ये सन्ताेषनारायण श्रेष्ठलाई  मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष पदमा नियुक्त गरेकाे हाे 

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ ।

Advertisment

थप समाचार