Below Menu
Below Menu

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को बिक्री खुला, कसले आवेदन दिन पाउँछ?

‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को बिक्री खुला, कसले आवेदन दिन पाउँछ?

काठमाडौं : मुक्तिनाथ क्यापिटलले पहिलो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ बिक्री खुला गरेको छ । क्यापिटलले बिहीबारदेखि १ अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री खुला गरेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंक, २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याइएको छ ।

उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिनुपर्नेछ । लगानीकर्ताहरूले मंसिर २४ गतेसम्म आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार