काठमाडौं : स्टक ब्रोकर्स एसोसियसन अफ नेपालको अध्यक्षमा सागर ढकाल विजयी भएका छन् ।
एसोसियसनको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा ढकालले ४५ मत ल्याई विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी राजकुमार तिमिल्सिनाले ४३ मत ल्याए । ढकाल ब्रोकर नं ६३ (हिमालयन ब्रोक्रेज) का सञ्चालक हुन् ।
समितिको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वाचित भएका छन् ।
यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।
Advertisment