काठमाडौं : डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकलेगत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
Advertisment