Below Menu
Below Menu

नेपाल स्टक एक्सचेन्जले ७५ प्रतिशत लाभांश दिने, पुस २९ गते बोलायो साधारणसभा 

नेपाल स्टक एक्सचेन्जले ७५ प्रतिशत लाभांश दिने, पुस २९ गते बोलायो साधारणसभा 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित ७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । उक्त सभा कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

Advertisment

थप समाचार