Below Menu
Below Menu

शेयर बजारमा दोहोरो अंकको सुधार, चार अर्ब ४३ करोडमा समेटियो कारोबार 

शेयर बजारमा दोहोरो अंकको सुधार, चार अर्ब ४३ करोडमा समेटियो कारोबार 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २८.९१ अंकले घटेर २६१२.२० बिन्दुमा पुगेको हो । आइतबार नेप्से १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १९४ कम्पनीको शेयरमूल्य बढेको छ । भने ४२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार चार अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज जानकी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सुपरमादी हाइड्रोपावर र सर्पोट माइक्रोफाइनान्स कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
 

Advertisment

थप समाचार