Below Menu
Below Menu

माउण्टेन इनर्जीको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित

माउण्टेन इनर्जीको १५ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित

काठमाडौं : माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज पुस २८ गते साधारणसभा सम्पन्न भएको हो।

कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साथै साधारणसभाले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। 

१५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउंछ । सो चुक्ता पुँजी १ः०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ। कम्पनीले ६५ मेगावाटको  दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि  हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

 साधारणसभाले  संचालक समितिको तर्फवाट प्रस्तुत आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरिक्षकको प्रतिवेदन, सहित २०८१ आषाढ मसान्त सम्मको वासलात, २०८०/८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु पारित गरेको छ। साधारणसभाले एक जना महिला संचालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ  ।

सभाबाट  कम्पनीको प्रवन्ध पत्र र  नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ। यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ। 

Advertisment

थप समाचार